सेयर बजार परिसूचक २८.४६ अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । माघ ०४, साताको पहिलो दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।

परिसूचक नेप्से १ प्रतिशतभन्दा माथिले वृद्धि हुँदा २३ सय अंकको विन्दु पार गरेर बन्द भएको हो । बिहीबार प्रि–ओपन सेसनमा १२.७९ अंकले वृद्धि भएर २२९९.३४ अंकमा खुलेको नेप्से २८.४६ अंकले वृद्धि भएर २३१५ अंकमा बन्द भएको छ । जुन नेप्सेको अहिलेसम्मकै उच्च क्लोजिङ विन्दु रहेको छ ।

पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको नेप्से २३ सय बिन्दु पार गर्दै नयाँ किर्तिमान कायम गरेको हो।
आइतबार २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर सयेर खरिदबीक्रि हुँदा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार भन्दा धेरै कारोबार भएको छ।

आइतबार कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ५८ करोड १० लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र सिभिल बैंक रहेको छ ।

पुस २२ यता हरेक कारोबार नेप्सेले नयाँ रेकर्ड कायम गर्दै अगाडि बढिरहेको छ ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्