सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

सहयात्रा टिभी

सोलुखुम्बु । माघ ५, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भीरमा आइचर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बा ४ ख ७९८० नम्बरको आइचर गाडी आइतबार राति करिब ११ : ३० बजे दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षिय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षका रामकुमार मगर र सप्तरीका १९ बर्षिय कृष्ण चौधरीको ज्यान गएको हो ।

दुर्घटनामा हेटौँडाकै २३ वर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर गाडी भीरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको हो।

प्रकाशित : 18 January, 2021

प्रतिक्रिया दिनुहोस्