कंगना भन्छिन्कः लाकारको डरलाग्दो पाटो ‘नाइट सिफ्ट’
मुम्बई । माघ ०५, चलचित्र उद्योगमा व्याप्त समूहवादको विरुद्ध बोलिरहेकी अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् ।
उनले कलाकार हुनुको अर्को डरलाग्दो पक्ष भनेको नाइट सिफ्ट भएको भन्दै ट्विट गरेकी छन् । उनले लेखेकी छन्, “नेपोटिजम र मुभी माफियाभन्दा बाहेक एक कलाकार हुनुको अर्को डरलाग्दो पाटो भनेको नाइट सिफ्ट हो । जब सूर्यास्त हुन्छ तब तपाईं सुत्नुहुन्छ, तपाईंको शरीरको प्रक्रिया र खाद्य चक्र बिग्रन्छ । पहिलो केही रात मलाई भोक लाग्दैन र म हराएको महसुस गर्दछु । मेरो शरीरलाई यसको बानी हुने दिन पर्खिरहेको छु,
भोपालमा नयाँ थ्रिलर चलचित्र ‘धाकड’ को छायांकनमा रहेकी उनले यो ट्विट गरेकी हुन् । रजनिश घई निर्देशित यो चलचित्रमा कंगनाले जासूसीको भूमिका निभाउँदै छिन् ।
चलचित्रबारे कंगनाले भारतीय चलचित्र उद्योगमा यो एउटा टर्निङ प्वाइन्ट हुने दाबी पनि गरेकी थिइन् । किनकि यो एक महिला नेतृत्व एक्सन फिल्म हो जुन भव्य बजेटमा निर्माण भइरहेको छ ।