जंकफूड, चिसो पेयपदार्थले कसरी जीर्ण बनाउँछ शरीरलाई ? जानी राखौं

सहयात्रा टिभी

काठमाडौं । माघ ०५, शरीरमा प्रयाप्त मात्रामा पानीको अभाव र अस्वस्थ खाद्य पदार्थको सेवनको कारण उमेर ढल्केको जस्तो देखिन्छ । उचित मात्रामा पोषक तत्वको कमीको कारण स्वास्थ्यमा हानिकारक हुनुको साथै छालाको चमक पनि हराउँदै गएको हुन्छ ।

धेरै जसो मानिसहरु आफु जवान देखिनको लागि शारीरिक अभ्यास गरिरहेको हुन्छन् । कपाल देखि लिएर छाला सम्म हरेक कुरामा ध्यान दिइरहेको हुन्छन् । तर दिनहुँजसो खाइरहने खानामा भने त्यति ध्यान दिएको पाइदैन । धुम्रपान तथा सुर्यको किरणमा धेरै वेरसम्म बस्नाले र प्रदूषणको कारणले पनि उमेरमा केही असर गरेको हुन्छ । केही खाद्य पदार्थले एजिंग प्रक्रियालाई बढाइरहेको हुन्छ । यसले छालामा चाउरीपन देखिनुको साथै छालाको कोशिकाहरु समेत मार्ने गर्छ ।

साधारणतया गर्मी मौसममा पाईने चिसो पेयपदार्थहरु जस्तै, कोक, पेप्सी आदिको सेवन बढी मात्रामा हुने गरेको छ । यस्ता पेयपदार्थले उमेरमा केही असर पारेको हुन्छ । यी पदार्थहरुमा चिनीको मात्रा बढी हुने गर्दछ । यसको सेवनले एसिडिक हुन्छ जुन दाँतलाई खराब बनाउने गर्दछ । यसमा भएको सोडियमले शरीरमा पानीको मात्रालाई कम गर्दछ जुन एजिंग स्किनको मुख्य कारक हो ।

चिनी शरीरको लागि हानिकारक मानिन्छ । भनिन्छ चिनी पानीमा घुल्यो कि विष बन्यो । चिनीले छालाको कोशिकाहरुलाई नष्ट गर्दछ । साथै शरीरमा हुने कोलेजन र इलस्टिनलाई पनि नष्ट गर्दछ । त्यसैले चिनीको सेवन कम गर्नु पर्छ ।

मद्यपान गर्नु कसैको लागि पनि राम्रो होइन । कहिले काहीं केही मात्रामा मद्यपान गर्नु हानिकारक नभए पनि बढी मात्रामा यसको सेवनले स्वास्थमा नकारात्मक असर पारिरहेको हुन्छ । मद्यपानको सेवनले भोक पनि बढी लाग्ने गर्दछ । त्यसैले मद्यपान स्वास्थको लागि हानिकारक छ ।

बेक्ड फुडमा उच्च मात्रा शुगर र फ्याट हुने गर्दछ जसको कारण शरीरको वजन बढ्न थाल्छ र दाँतलाई पनि असर गरेको हुन्छ । यसमा भएको शुगरको कारण माइक्रोबाइम जस्ता समस्या हुने गर्दछ । यसले उमेर बढ्ने प्रक्रिया बढ्न थाल्छ ।

प्रोसेस्ड फुड शरीरको लागि हानिकारक हुन्छ । यी खानाहरु कम मात्रामा भिटामिन, मिनरल र एन्टिअक्साइडेट हुने गर्दछ जसले एजिंगको प्रक्रियालाई बढाउदछ । यसले पनि मानिस उमेर बढेको जस्तो महसुस गराउँदछ ।

प्रकाशित : 18 January, 2021

प्रतिक्रिया दिनुहोस्