शेयर बजार आज पनि उकालो लाग्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ०५, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको दोस्रो दिन आज (सोमबार) नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नेप्सेले नयाँ रेकर्ड राखेको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से २१.९६ अंकले बढेर दुई हजार तीन सय ३६ दशमलब ९६ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज एक अर्ब ४७ करोडको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् ।

प्रकाशित : 18 January, 2021

प्रतिक्रिया दिनुहोस्