बालविवाहको आरोपमा ४ जना पक्राउ
सहयात्रा टिभी
सप्तरी । माघ ०६, सप्तरीमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१४, रामपुरमा बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला, ४३ वर्षीय विनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा पक्राउ पर्नेहरूमा रहेका छन् ।