प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश २ लाई २५८ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । माघ ०६, प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले प्रदेश २ लाई २५८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाउन सफल भएको हो।

लुम्बिनीका लागि सन्दीप राजालीले ८३, सौरभ खनालले ५६, विक्रम भुसालले ३६, सन्दीप सुनार र अमित तामाङले समान ११ र कप्तान कृष्ण कार्कीले १० रन बनाएका हुन्।

बलिङतर्फ प्रदेश २ का हरिशंकर शाहले तीन, दिव्यांशु मल्लिकले दुई तथा सइफुल्लाह अन्सारी, कुमार थापा र विशाल शुस्लिङले एक–एक विकेट लिएका छन्।यतिबेला प्रदेश २ ले जवाफी व्याटिङ गरिरहेको छ।

प्रकाशित : 19 January, 2021

प्रतिक्रिया दिनुहोस्