एन्फाको १९ औँ वार्षिक साधारण सभा सुरू
काठमाडौं । माघ ०६, अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औँ वार्षिक साधारण सभा सुरु भएको छ। मंगलबार ललितपुरस्थित एक होटलमा एन्फाको वार्षिक साधारण सभा सुरु गरीएको हो।
युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ, खेलकुद मन्त्रालय सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप बोर्ड सदस्य तथा एन्फाका जिल्लादेखि केन्द्रका पदाधिकारीहरु सहभागि कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने अतिथिहरुले एन्फाले नेपाली फुटबल विकासमा खेल्नु पर्ने भूमिका र अहिलेको अवस्थाबारे चर्चा गरीएको जानकारी भएको छ।
कार्यक्रमका सभापति रहेका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकालमा भएका उपलब्धिलाई सार्वजनिक गरे। जसमा एन्फाले बनाएको आर्थिक कार्यविधि, कर्मचारी नियमावली लगायतका प्रशासनिक कुरामा सुधार, प्रतियोगिता भइरहेको, ग्रासरुटमा पाएको सफलताले आफ्नो दुई वर्षे कार्यकालमा सफलता उन्मुख भएको दाबी गरेका हुन्।
तर, पछिल्लो समय उनीमाथि उनकै कार्यसमिति पदाधिकारीले नेतृत्व आफू खुसी निर्णय गरेको र आफुलाई पाएक पर्ने गरि निर्णय गर्ने गरेको जस्ता आरोप लाउने आउन थालेका छन्।
पूर्व युवा तथा खेलुद मन्त्री पुरुषोत्तम पौडेलले एन्फाले फुटबल विकासमा भूमिका खेल्न सक्ने जानकारी दिएका छन्। उनले १२ औँ सागको प्रशंग अगाडि सार्दै भने, खेलकुदले राष्ट्रिय एकतामा ठूलो भूमिका खेल्छ। १२ औँ सागमा नेपालले भारतलाई पराजित गर्दै स्वर्ण जित्दा नेपालमा नाकाबन्दी चलिरहेको थियो। त्यहीँबेला नेपालले जितेको स्वर्णलाई मानिसहरुले गौरवका साथ मनाएका थिए।