चिसोले कठ्याङ्ग्रीदै बागलुङबासी बाढीपीडित, सरकारले घर बनाइदिने आश्वासन मात्रै
काठमाडौं । माघ ०६, ढोरपाटन नगरपालिकाका घर भएका होमबहादुर विकको नाममा अहिले न त सम्पतिनै छ, न त पुर्ख्यौली जग्गा जमिन नै न त जीवन संगिनी। उनीसँग छ त, केवल गहभरी आँसु ।
गत भदौ १७ गते राति गएको बाढीले होमबहादुरको सबै सपना बाढीसँगै बगायो। जीवन संगिनी कुमारी विकलाई मात्र लगेन, परिवार र गाउँ उजाड बनाइदियो । होमबहादुरसँग ६ र ८ वर्षका छोरा छन् । यो कठ्याङ्ग्रिदो जाडोमा स्याउलाले बारेको छाप्रोमा जसोतसो आश्रय लिएर रात काट्न बाध्य छन् । स्याउलाले बारेर बस्दै आएको यो जमिन पनि उनको होइन ।
होमबहादुर दुई छोराहरू सहित यही छाप्रोमा रात बिताउँछन् । उनीहरूले त्यही पुराना थाग्ना भोटा लगाएर जाडो छेक्न धौ धौ परेको छ। खानेकुरा सकियो भने भोकभोकै बस्ने गरेको बताईएको छ ।
होमबहादुर जस्ता दजनौं बाढी पीडितको समस्या अहिले पनि उस्तै छ । यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नु अत्यन्त जरुरी रहेको छ ।