संसारकै विषालु भ्यागुतो
काठमाडौं । माघ ०६, पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ–आफ्नै विशेषता र क्षमता पनि रहेको हुन्छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन् र कतिपय त लोप भैसकेका पनि छन् ।
यस्तै संकटापन्न जीवहरुमध्ये एउटा हो छिर्केमिर्के भ्यागुता । यसलाई संसारकै सबैभन्दा विषालु भ्यागुता पनि भन्ने गरिन्छ। सुन्तला तथा कालो रङको झालेमाले जीउ भएको उक्त भ्यागुताको मूल्य करोडौँ पर्ने बताइन्छ ।
वयस्क छँदा जम्मा दुई इन्च लामो हुने यो भ्यागुताको नाम पोइजन डार्ट हो । वैज्ञानिकहरुका अनुसार यो भ्यागुताको शरीरमा यतिधेरै विष हुन्छ कि त्यसले १० जना मानिसलाई मार्न सक्ने क्षमता भएको हुन्छ ।
कोलम्बियामा पाइने उक्त भ्यागुताको तस्करी निकै तीव्ररुपमा हुने गरेको पाइन्छ । क्यारोलिना विश्वविद्यालयको अनुसन्धानमा पाइएअनुसार यो भ्यागुताको रङ जतिधेरै चम्किलो भयो उति नै धेरै विषालु हुने हुन्छ ।