इन्फ्रास्ट्रक्चर बैंकले बनायो नयाँ रेकर्ड, आईपीओमा १५ लाख बढीको आवेदन
काठमाडौं । माघ ०६, सर्वसाधारणका लागी निष्काशन गरिने प्राथमिक शेयर (आईपीओ) आवेदन गर्नेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार साँझसम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख बढी आवेदन आएको छ।
पहिलो दिनमा निफ्राको आइपीओमा परेको माग कुल निष्काशनको झन्डै आधा हो। बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउछ।
बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले ५० कित्ता पाउने र १० कित्ता लक्की ड्र मार्फत पर्ने भएको छ ।