युनाइटेड इन्स्योरेन्सको साधारण सभा आज हुँदै
काठमाडौं । माघ ०७, युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको आज २६औं वार्षिक साधारण सभा हुने भएको छ । होटल हिमालय, ललितपुरमा बिहान १०ः३० बजे भर्चुअल माध्यममार्फत सभा सुरु हुने भएको हो ।
सभामा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समुह र सर्वसाधारण समुहको शेयर स्वामित्व संरचना परिवर्तन गरि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव स्वीकृत गरिने छ ।
कम्पनीले आजको साधारण सभाबाट सञ्चालक समिति अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने जस्ता साधारण प्रस्तावहरु पारित गर्दै सभा सम्पन्न गर्ने भएको छ ।
यसैगरी सभाले आव २०७६।७७ का लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा रहने छ । कम्पनीले आव २०७५।७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण भने गरेको छैन ।