तुलसीलाई भुलेर पनि दक्षिण दिशामा नलगाउनु
काठमाडौं । माघ ०७, हरेक व्यक्तिको घर परिवारमा शान्ति र सम्पन्नताकालागि लक्ष्मीको खुशी राख्न अति नै आवश्यक रहेको हुन्छ । वास्तुशास्त्रका अनुसार केही खाश कुराहरुमा ध्यान दिन सके लक्ष्मीको आशिर्वाद सदैव रहिरहन्छ ।
वास्तुशास्त्रका अनुसार घरको ढोका कहिल्यै खट्खटाउनु हुँदैन् । बरु घण्टी वा आवाज दिएर घर मालिकको बोलाउने गर्नुपर्छ । गेट खट्खटाउँदा वास्तु दोष बढ्छ र त्यहाँ धेरैबेर लक्ष्मी टिक्दिनन् ।
वास्तुका अनुसार सबैका प्रिय गणेशको बिहानै आराधना गर्नुपर्दछ । यदि घरको सबैभन्दा ठूलो व्यक्ति बिहानै उठेर गणेशका ध्यान वा पूजा आराधना गर्छन् भने वास्तु दोष हटेर जान्छ । वास्तुका अनुसार तुलसीको बोट कहिल्यै घरको दक्षिण दिशामा लगाउनुहुन्न । यसले जीवनमा अशुभ ल्याएँदछ । तसर्थ तुलसीको बोटको सधै उतर या पूर्वमा लगाउनुपर्दछ ।
गन्हाउने र फोहोरी कपडाको पहिरनले पनि वास्तुमा दोष हुन्छ । तसर्थ दुई दिन लगाएका कपडाहरु तेस्रो दिन नलगाउनु नै उत्तम हुन्छ ।घरको सरसफाइ रातिको समयमा गर्नपनि वास्तुका लागि शुभ मानिदैन । भनिन्छ साँझ जहाँ फोहोर एकत्रित हुन्छ त्यहाँ लक्ष्मीको कृपा हुन्छ ।