धर्मशास्त्र अनुसार जीवनमा गोप्य राख्नुपर्ने कुराहरु
काठमाडौं । माघ ०७, आफ्ना हितैषी एवं एकदमै मिल्ने साथीलाई पनि जीवनका सबै गोपनियता खुलाउनु हुँदैन । हाम्रो घरायसी अवस्था, स्वास्थ्यस्थिती, कमजोरी, पृष्टभूमी सबैलाई थाहा भएमा आफैलाई खतरनाक हुनसक्छ ।
तपाईंसँग कति धन छ ? धन कसरी आर्जन गरिरहनुभएको छ ? धन कसरी संचय गर्नुभएको छ ? यी कुरा कसैलाई पनि बताउनु संभावित संकट निम्त्याउनु हो । मनमा आएजति कुरा अरुलाई बताउँदै हिँड्नु हुँदैन । यसरी मनको कुरा सबैको अगाडि खोल्दा हाम्रो मनोविज्ञान, हाम्रो बौद्धिकता, हाम्रो धारणा सबैकुरा अरुले थाहा पाउँछन् । फलस्वरुप ः हामीलाई उनीहरुले कमजोरीको फईदा लिन सक्छन् ।
हामी आफ्ना साथीभाईलाई घर परिवारका सबै कुरा भन्छौं । आफ्ना साइनो, सम्बन्धका सबै कुरा खुलाउँछौ । त्यती मात्र होइन, परिवारका सदस्यहरुको अवस्था, हैसियत काम, आपसी मनमुटाव, अविश्वास सबैकुरा सुनाउँछौ । यसले भोलिका दिनमा हामीलाई संकटमा पार्न सक्छ ।
पारिवारीक अवस्थाबारे सबैकुरा खोल्नु हुादैन । श्रीमान र श्रीमतीको संसार व्यवहार गोपनिय राख्नुपर्छ । कतिपय व्यक्तिहरु आफ्ना श्रीमतीको पोल खोल्छन् । अरुबाट साहनुभूति हासिल गर्नका लागि यस किसिमको गल्ती नगरौ । यसले तपाईंको कमजोरी प्रदर्शित हुन्छ ।