राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के. पी. ओलीले अमेरिकी राष्ट्रपति बाइडेनलाई दिए बधाई

सहयात्रा टिभी

काठमाडौं । माघ ०८, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । बधाई सन्देश दिँदै भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामना गरेको परराष्ट्र मन्त्रालयले बताएको छ ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् बाइडेनलाई सफल कार्यकालको शुभकामना ब्यतm गरेका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिनुका साथै पद सम्हालेका छन्।

 

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्