आइपुग्यो नेपालमा पनि कोरोनाविरुद्धको खोप

सहयात्रा टिभी

काठमाडौं । माघ ०८, भारतले नेपाललाई अनुदानको रुपमा दिएकोे १० लाख डोज कोरोनाविरुद्धको पहिलो खोप लिएर आएको एयर इण्डियाको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ र स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

त्यस्तै गरी तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हप्ता दिनभित्रमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताईएको छ।

 

 

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्