प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जान सक्ने प्रधानमन्त्रीको संकेत

सहयात्रा टिभी

काठमाडौं । माघ ०८, प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल फेरि सुरु हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जान लागेको बताउनुभएको छ ।


प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहीवार उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली समूहका अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो ।

‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ’, उहाँले भन्नुभयो, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनौँ । हामी रातो झण्डा फहराउनेवालाहरू हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ, प्रधानमन्त्री ओलीको भनाई थियो ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, नागरिक, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्