बाँडफाँट भयो चन्द्रागिरी हिल्सको आइपीओ , भाग्यमानी २ जनाले हात पारे ११–११ कित्ता

सहयात्रा टिभी

काठमाडौं । माघ ०९, चन्द्रागिरी हिल्स कम्पनीको आइपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको बताईएको छ । जसमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, बाँकी रहेको २ कित्ता सेयर भाग्यमानी दुई आवेदकको हातमा परेको जनाईएको छ ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो । यसमा १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएकामा ५ हजार ८३८ जना आवेदकको आवेदन रद्ध भएको छ । १२ लाख ११ हजार ११५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् ।

प्रकाशित : 22 January, 2021

प्रतिक्रिया दिनुहोस्