अमेरिकी उपराष्ट्रपतिले लगाइन् नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कोट
सहयात्रा टिभी
काठमाडौं । माघ ९, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले विश्व चर्चित नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कपडा लगाएर प्रार्थना सभामा सहभागी भएकी छन् ।
गुरुङले डिजाइन गरेको कलेजी रङको कोट लगाएर अमेरिकी उपराष्ट्रपति ह्यारिस सपथ ग्रहणपछिको प्रार्थना सभामा सहभागी भएकी हुन् ।
डिजाइनर गुरुङले ट्विट्मार्फत यसको जानकारी दिएका छन् । उनले भर्चुअल रूपमा भएको सो सभामा उपराष्ट्रपति ह्यारिसले आफूले डिजाइन गरेको कोट लगाएको ट्विटरमा उल्लेख गरेका छन् ।
Good Morning!!! ?? Vice President @kamalaharris wearing our designs at the virtual Presidential Inaugural Prayer Service today.
Gratitude, immense gratitude pic.twitter.com/f6d6vMDebM
— Prabal Gurung (@prabalgurung) January 21, 2021