विदेशबाट अफ्नै स्वदेश फर्केर बाख्रा पालनमा रमाउँदै, वार्षिक आम्दानी ५ लाख

सहयात्रा टिभी

काठमाडौं । माघ ०९, वैैदेशिक रोजगारबाट फर्केका रुकुम पश्चिमका बेरोजगार युवाहरु बाख्रापालन तर्फ आकर्षित भएका छन् । आफ्नै ठाउँमा केही गर्ने उद्यश्ले उनीहरु बाख्रापालनलाई व्यवसायीक रुपमा अगाडि बढाउने भएका छन् । धेरै युवाहरु बेरोजगार भएर बस्ने र वैदेशिक रोजगारीको लागि विदेश पलायन भैरहेको अबस्थामा रुकुम पश्चिमका युवाहरुले भने आफ्नो पसिना र मेहनतको उपयोग गाउँमै गर्ने संकल्प गरेको बताईएको छ।


सानीभेरी गाउँपालिकाका प्रताप नकालले नमुना बाख्रा पालन नामको फर्म खोलेर आफ्नै गाउँमा आम्दानी गर्न थालेका छन् । नकालले बाख्रा पालन व्यवसायलाई सुधार गर्दे ३ लाख रुपैयाको लगानीमा सुधारिएको खोर निमार्ण गरी तोतापुरी र जमुना पारि क्रस जातका बाख्राको बिमा समेत गरिसकेको बताईएका छन् ।

त्यसैगरी सानीभेरी गाउँपालिका पशु सेवा शाखा प्रमुख भुपेन्द्र पुनले बाख्राको चरन क्षेत्र र हावापानी उपयुक्त भएकाले बाख्रापालनको सम्भावना भएको भन्दै इच्छुक किसानलाई सेवा दिने बताउनुभयो । अहिले कृषि पेशामा आत्मनिर्भर नहुने युवाजमातकाबीचमा यहाँका युवाहरु उदाहरण बन्न सक्छन ।

प्रकाशित : 22 January, 2021

प्रतिक्रिया दिनुहोस्