अमेरिकाले विश्व स्वास्थ्य संगठन लाई गर्ने सहयोग पुनः सुचारू
काठमाडौं । माघ ०९, अमेरिकाले विश्व स्वास्थ्य संगठन (WHO) लाई गर्ने सहयोग पुनः सुचारू गर्ने कुरा प्रष्ट पारेको छ, WHO ले विश्वव्यापी कोभिड–१९ महामारीसँगको लडाईंमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ। जनवरी २० मा संयुक्त राष्ट्रसंघका महासचिवलाई लेखेको एक पत्रमा राष्ट्रपति बाइडेनले अमेरिकाको सहयोग नवीकरणको निर्णय गरिएको जानकारी दिनुभएको छ, र यो घोषणाले अघिल्लो प्रशासनले गत जुलाईमा छोड्ने गरी गरेको निर्णयलाई उल्ट्याएको छ।
WHO ले कोभिड–१९ को विश्वव्यापी महामारी लगायत अन्य स्वास्थ्य संकटसँग लड्न र स्वास्थ्य सुरक्षाको क्षेत्रमा एकदमै महत्वपूर्ण भूमिका खेल्दैआएको छ। राष्ट्रपति बाइडेनले उक्त पत्रमा लेख्नुभएको छ – “अमेरिका विश्वव्यापी स्वास्थ्य संकटको सामना गर्न र स्वास्थ्य सुरक्षाको क्षेत्रमा काम गर्न एक पूर्ण सहभागी र नेतृत्वकर्ताको रूपमा आफ्नो भूमिका जारी राख्ने आफ्नो प्रतिवद्धता मा अडीग छ ।”