पाल्पामा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय बालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ ०९, गए राति करिब ९ बजे शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा रिब्दीकोट–८ बस्ने १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारीसँगै शिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रकाशित : 22 January, 2021

प्रतिक्रिया दिनुहोस्