हेर्नुहोस्, कस्तो रै छ त कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना
काठमाडौं । माघ ०९, कुमारी बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी पुस १ गतेपछि डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहनदिने उद्देश्यले मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्टमा’ रजिष्टर भएका ग्राहकहरुलाई वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा एक सय रुपैयाँ फिर्ता पाउने गरी योजना सुरु गरेको छ । उक्त, रकम फिर्ता पाउन ग्राहकहरुले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिनाभित्रमा कुमारी स्मार्ट मार्फत दुई हजारसम्मको कारोबार गरेको हुनुपर्ने बैंकले बताएको छ ।
सो कारोबारमा कुमारी स्मार्टमार्फत गरिएका हरेक क्यूआर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानीलगायत स्कुल कलेजको शुल्क तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुने बैंकले जनाएको छ । विगत २० वर्षदेखि निरन्तर आधुनिक बैंकिंग सेवा सुविधाहरु दिँदै आएको कुमारी बैंकले देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटिएमलगायत २३ शाखाराहित बैंकिंग इकाइहरु मार्फत बैंकिंग सेवा दिँदै आएको जनाएको छ ।