कोरोनाको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

सहयात्रा टिभी

काठमाडौं । माघ १०, कोरोना भाइरसको खोप लगाउने स्वास्थ्य संस्थाका व्यक्तिहरुको विवरण आज सूचीकृत गरिने भएको छ ।


खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताईएको छ । आजसम्ममा १ लाखभन्दा धेरै व्यक्ति सूचीकृत भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाललाई भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र पालिकामा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेबसाइटमा लगइन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन मन्त्रालयले निर्देशन दिइएको थियो ।

 

प्रकाशित : 23 January, 2021

प्रतिक्रिया दिनुहोस्