रुसी राष्ट्रपतिले बनाए अर्बौंको आलिशान दरबार

सहयात्रा टिभी

काठमाडौं । माघ ११, रुसीका राष्ट्रपति भ्लादिमीर पुटिनले अर्बौंको आलिशान दरबार बनाउनुभएको खुलासा उहाँका प्रखर आलोचक एलेक्सी नभाल्नीले एक भिडियोमार्फत् गर्नुभएको छ ।

 

मोनाकोको भूगोलभन्दा ३९ गुना बढी क्षेत्रमा फैलिएको ब्ल्याक सीमा अवस्थित उक्त दरबार भएको स्थानमा एउटा जुवाघर, आइस हकी खेल्ने रिङ्क र अङ्गुर बगैँचा भएको बताइएको छ ।

उक्त विलासी दरबार निर्माणका क्रममा रुसी राष्ट्रपति पुटिनले अवैध धनको प्रयोग गरेको दाबी गरेको भिडिओ एक दिनमै दुई करोड ७० लाखभन्दा धेरै पटक हेरिएको बीबीसीले जनाएको छ । सो दरबारको मूल्य एक अर्ब पाउन्ड रहेको दाबी गर्दै यसका लागि ‘इतिहासकै सबैभन्दा ठूलो घुस दिइएको आरोप पनि लगाइएको छ । तर क्रेम्लिनले भने उक्त दरबार राष्ट्रपति पुटिनको नभएको भन्दै यो मित्थ्या आरोप भएको बताएका छन् ।

४४ वर्षीय नभाल्नीलाई गत वर्ष अगस्टमा स्नायुविष प्रयोग गरी आक्रमण गरिँदा झण्डै मृत्यु भएको थियो । यस घटनामा पुटिन जिम्मेवार रहेको आरोप लगाइए पनि क्रेम्लिनले भने अस्वीकार गरेका छन् ।

 

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्