१० प्रतिशतले बढ्यो नागरिक लगानी कोषको शेयरमूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ १२, नेपाल स्टक एक्सेन्ज (नेप्सें) मा साताको दोस्रो दिन आज (सोमबार) नागरिक लगानी कोषको शेयर मुल्यमा उच्च बृद्धि भएको बताईएको छ । कारोबार शुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यो खबर तयार पार्दासम्म कम्पनीको शेयर मुल्य ३७९ अंकले बढेर ४१६९ रुपैयाँ पुगेको छ । आज कम्पनिको कारोबार ३९७९ रुपैंयाबाट सुरु भएको जानकारीमा आएको छ ।

प्रकाशित : 25 January, 2021

प्रतिक्रिया दिनुहोस्