चीन र भारतबीच सीमामा फेरि भिडन्त, २० चिनियाँ सैनिक र भारतका ४ जवान घाइते

सहयात्रा टिभी

काठमाडौं । माघ १२, भारत चीनबीच दुई देशका सैनिकबीच पुनः एकपटक झडप भएको छ । भारतीय सेनाले २० जनवरीमा सिक्किमका दुई देशबीच आमने सामने भएको पुष्टि गरेका छन् । दुई सेनाका कमान्डरले निश्चित प्रोटोकलअनुसार विवाद सुल्झाइसकेको भारतीय सञ्चार माध्यमले बताएको छ ।

बीबीसीका अनुसार अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।

दुई देशबीच १५ घण्टासम्म बैठक :
यो द्धन्द कम गर्नका लागि पूर्वी लद्दाखको मोल्डोमा भारत र चीनका सैन्य अधिकारीबीच आइतबार ९ औं चरणको कुराकानी भयो । करिब १५ घण्टासम्म चलेको यो बैठकको निष्कर्ष हालसम्म सार्वजनिक भइसकेको छैन तर भारतले एलएसीमा तनाव कम गर्न अपिल भने गरेको छ । ५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ सैनिक र भारतीय जवानबीच हिंस्रक झडप भएको थियो । झडपमा कति चिनिया सैनिक मारिएका थिए भनेर आधिकारिक जानकारी हालसम्म प्रकाशित भएको छैन ।

प्रकाशित : 25 January, 2021

प्रतिक्रिया दिनुहोस्