पूरा गरिन् सोनाक्षी सिन्हाले आफ्नो सपना
काठमाडौं । माघ १२, बलिउडकि प्रख्यात अभिनेत्री सोनाक्षी सिन्हाले मुम्बईस्थित बान्द्रामा घर किनेर सपना पूरा छिन्। सोनाक्षीले आफ्नै रकम र पहलमा ‘४ बिएचके अपार्टमेन्ट’ किनेको बलिउड हंगामाले जनाएको छ।
डिजाइन इसेन्स म्यागेजिनसँगको कुराकानीमा सोनाक्षीले भनेकी छन्, ‘जुनबेला देखि काम गर्न थालेँ, त्यो बेलादेखि आफ्नै कमाइमा घर किन्ने सपना थियो। त्यो पनि ३० वर्ष नाघ्नु अघि उमेरले ३० कटिसकेँ। तर आज आएर मैले मेरो सपना भने पूरा गरेकी छु।’
३३ वर्षीय अभिनेत्री सोनाक्षीले बलिउडमा आफ्नो करिअर कस्टम डिजाइनरबाट सुरु गरेकी थिइन्। पहिलो पटक उनले सन् २००५ मा फिल्म ‘मेरा दिल लेके देखो’को लागि लुगा डिजाइन गरेकी थिइन्। पछि सन् २०१० मा आएर फिल्म ‘दबङ’बाट बलिउडमा डेब्यू गरिन्। अभिनव कास्यप निर्देशित यो फिल्ममा उनीसँगै अभिनेता सलमान खानको मुख्य पात्रमा अभिनय रहेको बताईएको छ।