जानिरखौ ल्युकेमियाको बारेमा
काठमाडौं । माघ १२, ल्युकेमिया एक किसिमको ब्लड क्यान्सरको सुरुवाती चरण हो । यो रोग सुरुवाती अवस्थामा नै थाहा भएको खण्डमा उपचार सजिलै गर्न सकिन्छ तर सही समयमा उपचार गरिएन भने यो खतरनाक र ज्यानमारा पनि हुनसक्छ ।
ल्युकेमिया सेल्सले सोझै रगतलाई प्रभावित बनाउँछ । हुन त ल्युकेमियाको लक्षणलाई अहिले सजिलै थाहा पाउन सकिन्छ । यदि कसैले त्यसलाई नजरअन्दाज गर्छ भने, र ल्युकेमियालाई समयमै उपचार गदैनन्, भने उनको जीवन धेरैमा चार बर्षसम्म मात्र हुनेछ । यो उमेर पनि प्रतिरोधात्मक क्षमता र ल्युकेमियाकोे प्रकारमा निर्भर गर्छ ।
लक्षणहरु
– कुनैपनि घाउ निको हुन लामो समय लाग्नु
– धेरै तिब्र ज्वरो आउनु
– भोक नलाग्नु
– बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
– छाला चिलाउने समस्या देखापर्नु
– हरेक समय थकान र कमजोरी महसुष गर्नु
– मानसिक रुपले तनावग्रस्त हुनु
– शरीरमा ठाउँ ठाउँमा गाँठो हुनु र विभिन्न भाग सुन्निनु
– पक्षघात अर्थात स्ट्रोक हुनु
– कलेजोसम्बन्धि समस्या हुनु