काठमाडौंबाट भेडेटार र इलाममा पर्यटक बस चल्ने
सहयात्रा टिभी
काठमाडौं । माघ १२, आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्न अब काठमाडौंबाट पूर्वी नेपालका दुई गन्तब्य भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बससेवा सञ्चालन हुने भएको बताईएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको बससेवा स्वास्थ्य प्रोटोकोलको पालना गरी २७ सिट क्षमताका पर्यटक बसबाट गरिने बोर्डले जनाएको छ । यसले इलाम र भेडेटारमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । पर्यटन प्रवर्द्धन र बससेवासँगै गुणस्तरको वृद्धिले नै पर्यटक आगमन बढ्ने उनको भनाइ रहेको छ ।