सर्वोच्च अदालतमा चार पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

सहयात्रा टिभी

काठमाडौं । माघ १४, पूर्वप्रधानन्यायाधीश चार जनालाई सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको अदालत स्रोतले बताएको छ ।


पूर्वप्रधान्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता धनजीत बस्नेतद्धारा अवहेलना मुद्दा दर्ता भएको हो । अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरि स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजाय तोक्न रिट निवेदकले माग गरेका छन् ।

अदालतको अवहेलना गरेको ठहर भएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित : 27 January, 2021

प्रतिक्रिया दिनुहोस्