विष सेवनबाट एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । माघ १५, पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा ३५ वर्षीया अनिता चौधरीले बुधबार आफ्ना दुई छोरीलाई विष सेवन गराएर आफूले पनि विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु लामाले बताए ।
एकान्त स्थानमा रहेको घरको च्यानल गेटमा ताला लगाएर अनिताले पहिले दुई छोरीलाई विष सेवन गराएको र आफूले पनि सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विष सेवनबाट चौधरीसहित उनकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया छोरी हेमा चौधरीको उपचारको क्रममा बिहीबार मृत्यु भएको बताईएको छ । मृतक अनिताका श्रीमान रोजगारीका लागि विदेशमा रहेको बताईएको छ ।