केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेह्रथुमको वसन्तपुरमा हिउँ नपरेपछि तुषारो हेरेरै फर्किए पर्यटक

सहयात्रा टिभी

काठमाडौं । माघ १६, करिब एकदिनको यात्रा गरी काठमाडौंदेखि नानु बस्नेत र उनको परिवार पर्यटकीय क्षेत्र तेह्रथुमको वसन्तपुर पुगे ।तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल टिएमजे क्षेत्र हिउँ पर्ने स्थान हो । नानु र उनको परिवार जस्तै धनकुटाबाट कुमार बस्नेत र ईश्वर थापापनी हिउँ हेर्ने धोकोले तिन्जुरेको फेदीसम्म पुगे तर हिउँ थिएन ।

जाडो याममा हिउँ खेल्न नेपालको बिभिन्न स्थानबाट यहाँ पर्यटकहरू आउने गर्छन् र लेकाली हिमश्रृङ्खलासँगै रमाउने गर्छन् । हिउँ परेको बेला नेपालका बिभिन्न स्थानबाट पर्यटकहरू सयौंको संख्यामा आउने गरेका छन् । तर, माघको दोस्रो साता बितिसक्दा पनि यस बर्ष हिउँ परेको छैन । पुसदेखि माघको अन्तिम सातासम्म हिउँले ढाक्ने यहाँका पहाडहरू तुषारो मात्रै देखिएको छ । तुषारो करिब ४ इन्चसम्म परेको छ । यही तुषारो मै रमाउँछन् पर्यटक । पर्यटकीय आकर्षणको रूपमा रहेको यस क्षेत्रमा यस वर्ष कोरोनाका कारण बाह्रय पर्यटकहरू भने कमै भित्रिएका छन् ।

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्