केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउथ हिरो सूर्या अभिनित फिल्म ‘सोरारई पोटरु’ ओस्कारको प्रतिस्पर्धामा

सहयात्रा टिभी

काठमाडौं । माघ १६, दक्षिण भारतीय अभिनेता सूर्या अभिनित सुधा कोंगाराद्वारा निर्देशित फिल्म सोरारई पोटरु ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने भएको छ । ओस्कारमा चलचित्र पुगेपछि अभिनेता सूर्यालाई चौतर्फि बधाई आएको छ ।

सोरारई पोटरु सर्वश्रेष्ठ अभिनेता, सर्वश्रेष्ठ अभिनेत्री, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ ओरिजनल स्कोर र अन्य विद्यामा ओस्कारमा भारतीय चलचित्रको तर्फबाट पुगेको हो । यो फिल्म हालैमा अमेजन प्राइम भिडियोमा रिलीज भएको बताईएको थियो । जहाँ सूर्याको अभिनयको निकै प्रशंसा पाएको थियो ।

कोरोना संक्रमण जोखिमका कारण यस पटक नियम बदलेको ओस्करमा ओटीटी फर्ममा रिलीज भएको फिल्मले समेत सहभागीता पाएका छन् जसमा भारतबाट सूर्या र अपर्णा बालामुरली स्टारर फिल्मले बाजी मारेको हो ।

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्