केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अभिनेत्री जुही चावला र जय मेहताको घर मुम्बईको सबैभन्दा शानदार घरमध्ये एक्

सहयात्रा टिभी

काठमाडौं । माघ १६, नायिका जुही चावला र उनका श्रीमान् जय मेहताको घर मुम्बईको सबैभन्दा शानदार घरमध्ये एक् हो । यो जोडीले हालै आफ्नो मालाबारस्थित घरको झलक देखाएका छन् । जुही चावलाको यो घर आर्किटेक्टको हिसाबले मास्टरपीस भन्न सकिन्छ । जय मेहतालाई पनि कलाकारी र वास्तुकलासँग निकै लगाव रहेको छ ।

जुही र जयको घरलाई श्रीलङ्काका आर्किटेक्ट चन्ना दसवाट्टेलाई नियुक्त गरेका थिए र चन्नाले घरलाई टेराकोटा र रेड शेडमा डिजाइन गरेका छन् । चन्नाले भारतमा पहिले पनि केही प्रोजेक्ट गरेको बताएका छन् । चन्नालाई हायर गरेको बारे जय मेहताले भनेका थिए, ‘उनलाई मैले केही पनि भन्नु पर्दैन । उनले मेरो जीवनशैलीलाई निकै राम्रो तरिकाले बुझ्छन् ।’

जुही चावलाले जय मेहतासँग सन् १९९६ मा भएको थियो । यतिबेला उनी आफ्नो करियरको शीर्ष स्थानमा थिइन् । अहिले उनको श्रीमान् जय मेहता आइपीएलको कोलकातता नाइट राइडर्सका सह मालिक पनि हुन् । यो टिममा दिग्गज अभिनेता शाहरुख खानको पनि हिस्सेदारी छ । हाल, जुही चावला लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा छिन् ।

जुहीको शानदार घरको छतबाट मरिन ड्राइभलाई निकै सहजै देख्न सकिन्छ भने केही पर अरब सागर छ । घरको छतमा आठ सिटको डाइनिङ टेबलको व्यवस्था छ जबकी आन्तरिक भागमा केही अन्य कार्यक्रमको आयोजना गर्न सकिन्छ । यो घरलाई जय मेहताका हजुरबुवाले सन् १९४० मा खरिद गरेका थिए । हाल यो घरको दुईवटा तल्लामा जुही चावला, जय मेहता र उनका दुई सन्तान बस्छन् भने अर्को तलामा जय मेहताका काकाको परिवार बस्छन् ।

 

 

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्