बिओके क्यापिटलमा चार जना सञ्चालक नियुक्त

सहयात्रा टिभी

काठमाडौं । माघ १६, बिओके क्यापिटलको विशेष साधारणसभा अध्यक्ष महेश मिश्रको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ ।

उक्त साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने महेश मिश्र, चन्द्रराज शर्मा, दिपक गौतम र रविन्द्र बल्लब पन्त गरी चार जनालाई संचालकमा निर्विरोध नियुक्त गरेको बताईएको छ । साथै संस्थाको ७०औं संचालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ बर्षको लागी अध्यक्ष नियुक्त गरेको हो ।

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्