सुजुकी जिक्सर, कुन मोडलको कति ?
सहयात्रा टिभी
काठमाडौं । माघ १८, चार पांग्रे सवारी साधन भन्दा कम मूल्य, ट्राफिक जाम र पार्किङको समस्या लगायतको हिसावले पनि नेपाल जस्तो देशमा दुइपांग्रे सवारी साधनको प्रयोगमा वृद्धि हुने गरेको पाईन्छ। सार्वजनिक यातायातमा चढ्नेहरु पनि कोरोना संक्रमणको डरले निजी सवारी साधन किन्न थालेका छन् ।
सुजुकिको जिक्सर सिरिज युवा पुस्तामाझ निकै लोकप्रिय रहेको सुजुकीका लागि नेपालको आधिकारिक वितरक भिजी अटोमोवाइल्स प्रालीका उपमहाप्रवन्धक धिरज भट्टराईले बताउनु भयो।
जिक्सरका तीन लाखभन्दा कमदेखिका विभिन्न मोडलहरुको मूल्य :
- जिक्सर एसएफ २५० मोटो जिपी = ५ लाख १ हजार ९ सय
- जिक्सर एसएफ २५० = ४ लाख ९८ हजार ९ सय
- जिक्सर २५० = ४ लाख ६५ हजार ९ सय
- जिक्सर एसएफ १५० मोटो जिपी = ३ लाख ८१ हजार ९ सय
- जिक्सर एसएफ १५० = ३ लाख ७७ हजार ९ सय
- जिक्सर १५० = ३ लाख २५ हजार ९ सय
- जिक्सर डिटी डिडी = २ लाख ८३ हजार ९ सय