डब्लुएचओ टोलीको वुहानमा चल्यो अनुसन्धान
काठमाडौं । माघ १८, कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेको छ । सो बजारलाई गत वर्षको जनवरीदेखि नै सिल गरिएको थियो भने हाल बजारमा डब्लुएचओका सदस्यलाई मात्र प्रवेश दिइएको छ ।
वुहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी मानिुसकोे मृत्यु भइसकेको छ भने भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले बताएको छ ।
ग्लोबल टाइम्सका अनुसार आइतबार आइपुगेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालिरहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस अनुसन्धानमा चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको हो ।