मुगुका बालबालिका कुपोषणको शिकार

सहयात्रा टिभी

काठमाडौं । माघ १९, मुगुका करीब १ सय ८ जना बालबालिकालाई गम्भीर किसिमको कुपोषण रोग देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि पुस महिनासम्म जन्मेका ६ महिना माथिका र ५ वर्ष मुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखापरेको हो ।

चारवटा स्थानीय तहमध्ये जिल्लाका सबैभन्दा बढी छायाँनाथ रारा नगरपालिकाका र सोरु गाउँपालिकाका बालबालिकामा कुपोषण देखा परेको बताईएको छ । स्थानीय उत्पादन भन्दा आयातित खाद्यवस्तु बढी उपभोग गर्ने बानीले बालबालिका कुपोषित हुन थालेको स्वास्थ्यकर्मीको भनाई छ । कुपोषित बालबालिका निको हुन कम्तीमा २ महिना समय लाग्छ । कुपोषित बालबालिकालाई निको हुँदासम्म खुवाउन सर्वोत्तम पिठो दिने गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका पोषण विज्ञ लोकबहादुर विकका अनुसार बालबिवाह, अस्थायी साधनको प्रयोग नगर्नु, खानपानमा कमी आदिका कारण बढी कुपोषणको शिकार हुन पुगेको हो ।

प्रकाशित : 1 February, 2021

प्रतिक्रिया दिनुहोस्