केपी ओली प्रचण्ड माधव नेपाल एमाले


“नेफ्टा फिल्म अवार्ड” २९ फागुनमा

सहयात्रा टिभी

काठमाडौं । माघ १९, कोरोनाको कारण रोकिएको नेफ्टा फिल्म अवार्ड आगामी फागुनको अन्तिम साता आयोजना हुने भएको छ । आयोजक चलचित्र प्रबिधिक संघले फिल्म अवार्ड फागुन २९ मा आयोजना हुने जानकारी दिँदै टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने अवार्डको सहकार्यमा रहेको ड्रिम हाइ नेपाल प्राली र एलआईसीबीच सम्झौता समेत भएको बताएको छ ।

गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् । जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन सूची तयार पारिसकेको छ । माघ २४ गते काठमाडौंमा एक कार्यक्रमका बीच सूची सार्वजनिक गर्ने योजना आयोजकहरुले गरेका छन् । नयाँ पुरान, हिट फ्लप सबै प्रकारका फिल्मकर्मीको सहभागीता रहने बथाइएको अवार्डमा गायक गायिकाको समेत सांगीतिक प्रस्तुति रहनेछ । कोरोना महामारीको कारण डुबानमा परेको फिल्म क्षेत्रलाई गतिशील बनाउने अवार्डमा सहयोगी भूमिका निर्वाह गर्न फिल्मकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई लामाले आग्रह पनि गरेका छन् ।

प्रकाशित : 1 February, 2021

प्रतिक्रिया दिनुहोस्