नेप्सेमा ८८ लाख १ हजार ३ सय कित्ता शेयर सूचीकृत
सहयात्रा टिभी
काठमाडौं । माघ १९, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३ सय कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले बताएको छ ।