छोरी कविता र अभिनेता सरोज खनाललाई बाबुछोरीको प्रमुख भूमिकामा करिश्माको ‘वनबास’
सहयात्रा टिभी
काठमाडौं । माघ १९, अभिनेत्री करिश्मा मानन्धरले छोरी कविता मानन्धर र अभिनेता सरोज खनाललाई प्रमुख भूमिकामा लिएर फिल्म ‘वनबास’ बनाउने भएकी छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमार्फत ‘वनबास’को तस्बिर राख्दै ‘कथा परिवारको, कथा सम्बन्धको– ‘वनबास’ लेखेकी छन् । करिश्माकी छोरी कविताले यसअघि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा डेब्यू गरे पनि उनको डेब्यू सफल हुन सकेको थिएन । करिश्माले भनिन्, ‘यो राम वनबास गएको वनबास होइन । तर कथाले धेरै मात्रामा त्यस्तै किसिमको व्याख्या गर्छ । अहिले बनाइरहेको व्यावसायिक फिल्म भन्दा फरक हो । यसले बाबुछोरीको सम्बन्धको कथा बोल्छ । अहिले फरक कथाका फिल्म बनिरहँदा त्यसलाई नै हामीले पछ्याएका हौँ । झरीको मौसममा यसको छायांकन गर्छौ । फिल्मको थिम अनुसार नै वैशाख, जेठ, असारतिर सुटिङ गर्ने योजना बनाएका छौं ।’