म्यान्मारको सेनाविरुद्ध उचित कदम चाल्ने अमेरिकाको चेतावनी

सहयात्रा टिभी

काठमाडौं । माघ २०, अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा भएको सैनिक ‘कू’ प्रति कडा आपत्ति जनाउँदै सेनाविरुद्ध आवश्यक कदम चालिने धम्की दिएका छन् ।

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर सेनाले देशको शासन सत्ता हातमा लिएको घटनालाई अमेरिकाले कडा शब्दमा आलोचना गरेको हो ।

राष्ट्रपति बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्।

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेतृ सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।

युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।

-बीबीसीबाट

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्