केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गायिका अञ्जु पन्त र थीर कोइराला विवाह बन्धनमा बाधिँदै

सहयात्रा टिभी

काठमाडौं । माघ २०, गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्ने भएकी छिन्। कुराकानीमा पन्तले भनिन् दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ। आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुनेछ । इलामका थीरले पनि बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी रहेको बताउनु भयो।

आजभन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेटघाट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो। अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका छन्। काठमाडौंअघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’ का पूर्वसम्पादक हुन्। पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल गैरसरकारी संस्थामा आबद्ध रहेका छन् ।

 

 

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्