केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुर्ज खलिफामा फिल्म सुटिङ गर्ने पहिलो बलिउड कलाकार – ‘शाहरुख खान’

सहयात्रा टिभी

काठमाडौं । माघ २०, बलिउड अभिनेता शाहरुख खानको हाल छायांकनरत फिल्म ‘पठान’को एक्सन दृश्य दुबईको बुर्ज खलिफामा खिचिएको छ ।

बलिउड तथा दक्षिण भारतीय फिल्मले पृष्ठभूमिमा यो आइकनिक टावरको ब्याकड्रप राखेर सुटिङ गरिरहँदा शाहरुख भने फिल्मको टिम लिएर बुर्ज खलिफामै पुगे । यो त्यही स्थानमा हो, जहाँ हलिउडका टम क्रुजको ‘मिसन इम्पोसिबलः घोस्ट प्रोटोकल’ र भिन डिजेल अभिनित ‘फास्ट एण्ड फ्युरियस’मात्र खिचिएको छ । यही कारण पनि शाहरुख बुर्ज खलिफामा फिल्म सुटिङ गर्ने पहिलो बलिउड कलाकार बन्न सफल भएका छन् ।

शाहरुखका अघिल्ला केही फिल्मले पनि सुटिङमा यस्तै रेकर्ड राखेको छ । उनको फिल्म ‘स्वदेश’ पहिलोपटक नासामा छायांकन गरिएको थियो । शाहरुख अभिनित ‘जब तक हे जान’ पहिलोपटक डिस्कोभरी च्यानलको मुख्यालयमा खिचिएको थियो । यस्तै उनको फिल्म ‘फ्यान’ लण्डनको मेडम टुसादमा छायांकन गरिएको थियो । हालसम्म यी स्थानमा कोही पनि बलिउड कलाकारका फिल्म सुटिङ गरिएका रेकड छैन ।

शाहरुख आफ्ना हरेक फिल्ममा केही न केही नयाँ गर्न रुचाउँछन् । बुर्ज खलिफामा शाहरुख र अभिनेता जोन अब्राहमको एक्सन दृश्य खिचिएको छ ।

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्