महिला लघुवित्तको माघ २८ गतेदेखि आईपिओ निष्काशन

सहयात्रा टिभी

काठमाडौं । माघ २०, महिला लघुवित्तले माघ २८ गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ। जस मध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई, २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई र बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

फागुन २ गतेसम्म आईपिओमा आवेदन दिन सकिने छ । न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ । तर आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने र १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना नरहेकोले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उपयुक्त नहुन सक्छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको बताईएको छ ।

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्