फेसबुकले सनग्लास ब्रान्ड रेबनसँग मिलेर स्मार्ट ग्लास बनाउदैँ

सहयात्रा टिभी

काठमाडौं । माघ २१, फेसबुकले सनग्लास ब्रान्ड रेबनसँग मिलेर सन् २०२१ मा स्मार्ट ग्लास सार्वजनिक गर्ने भएको छ । फेसबुकका साथै एप्पल लगायत केहि ठूला कम्पनी पनि स्मार्ट ग्लास र एआर टेक्नोलोजी युक्त ग्लासेस उत्पादनमा केन्द्रित भइरहेको बताईएको छ ।

के हो स्मार्ट ग्लास?
यो स्मार्ट ग्लास सामान्य ग्लास जस्तो हुँदैन । यसमा टेक्नोलोजीको प्रयोग गरिएको हुन्छ जस्मा स्मार्टफोनको जस्तो फिचर हुन्छ । यो स्मार्ट ग्लासलाई स्मार्टफोनसँग कनेक्ट गरी प्रयोग गर्न सकिन्छ । फेसबुक आफ्नो पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने योजनामा रहेको छ । यसका लागि फेसबुकले रेबनसँग काम गरिरहेको छ ।

स्मार्ट ग्लास वा अग्मेन्टेड रियालिटी स्मार्ट ग्लास टेक्नोलोजी युक्त चस्मा हो । साधारण चस्माको तुलनामा यी ग्लासमा भर्चुअल इर्फमेन्सन हुन्छ । स्मार्टफोनमा जस्तै यसमा फोटो र भिडियोको विकल्प हुन्छ । फोनको नोटिफिकेसन थाहा हुन्छ, नेभिगेसन हुन्छ। यसमा फिटनेस ट्रयाकर र हेडफोन बिना म्यूजिक सुन्न सकिने प्रविधि पनि रहेको हुन्छ ।

प्रकाशित : 3 February, 2021

प्रतिक्रिया दिनुहोस्