केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इरानी युवतीको सुन्दरताको रहस्य

सहयात्रा टिभी

काठमाडौं । माघ २१, इरान एक मुस्लिम बहुल देश हो जाहाँ महिलाको जीवन त्यती सहज छैन । यद्यपी सुन्दरताको कसीमा उनीहरुले विश्वका महिलाहरुलाई उछिनेका छन् । आँखा, अनुहारको बान्की, शरीरको बनौटले उनीहरुतर्फ सबैको ध्यान खिचिन्छ । भूगोल र समुदाय अनुसार सुन्दरताको मापन पनि भिन्न भिन्नै हुनसक्छ ।

सुन्दरताको रहस्य :

खानपान – इरानी महिलाहरुले आफ्नो डाइटमा माछा र ओखर सामेल गर्छन् भने उनीहरु मह पनि नियमित रुपले सेवन गर्छन् ।

वंशानुगत गुण – इरानी महिला वंशानुगत रुपमै सुन्दर एवं आकर्षक अनुहार लिएर जन्मन्छन् । जन्मजात उनीहरुले सुन्दर अनुहार पाउँछन्।

अनुहारको मसाज – इरानी महिला नरिवलको तेलले छालाको चमक बढाउँने हुदा आफ्नो अनुहारलाई नरिवलको तेलले मसाज गर्दछन् । जसका कारण बढ्दो उमेरको असर अनुहार दश भन्दा कम देखिन्छ । ओंठलाई सुन्दर बनाउनका लागि उनीहरु अनारको तेलको प्रयोग गर्छन् ।

भौगोलिक प्रभाव – वैज्ञानिक दृष्टिकोणले हेर्दा उनीहरु बाँचेको भूगोल र प्राकृतिकले यसमा खास भूमिका खेलेको छ ।

दही र पुदिनाको सेवन – धेरै भन्दा धेरै दही तथा पुदिनायुक्त पेय पदार्थ ‘शिनेना’को सेवन गर्नाले अनुहारको छाला तथा कपाललाई स्वस्थ राख्नुका साथै अनुहारमा चाउरीपना हुन दिदैन ।

गुलाब पानीले अनुहार धुने – इरानी महिलाहरु गुलाबको पानीले अनुहार धुने गर्छन् । गुलाबको पानीमा भिटामिन ए र ई हुन्छ, जो स्वस्थ्य छालाको लागि एकदमै आवश्यक मानिन्छ । इरानकी एक मोडलले दिएको अन्र्तवार्तामा यो रहस्य खुलाएकी थिइन् ।

सर्जरी – इरानी महिलाहरुमा प्लाष्टिक सर्जरीको क्रेज बढ्दो क्रममा छ । प्लाष्टिक सर्जरीकै कारण पछिल्लो समय उनीहरु आर्कषक देखिन थालेको पाईएको छ ।

सुप सेवन –इरानी महिला विशेषगरी, दही , तरकारी तथा मासुबाट बनेका सुपका सेवन अधिक मात्रामा गर्दछन् जस्ले गर्दा सौन्दर्य बढाउनुका साथै शरीरको तौलन नियन्त्रित रहन्छ ।

 

प्रकाशित : 3 February, 2021

प्रतिक्रिया दिनुहोस्