केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्याय माग्दै प्रहरीमा पुगीन् नायिका सुष्मा कार्की : उत्सव रसाइली र आरती खड्का विरुद्ध दिईन उजुरी

सहयात्रा टिभी

काठमाडौं । माघ २२, आफ्नो अपमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका र युट्युवर उत्सव रसाइलीका विरुद्ध उजुरी दिएकी छन् । उनी उत्सव र आरतीसंगको विवादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा उत्सव र आरतीले आफुलाई दुब्र्यवहार गरेको भन्दै उनी न्याय खोज्न प्रहरी कार्यालय पुगेकी हुन् । उनले घटनाको भिडियो रेकर्ड समेत भएको बताएकी छन् । उनले भनिन् “मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।” जबकी नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।

शुष्मा प्रहरी कार्यालय पुगेपछि युट्युवर रसाइलीले पनि प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शुष्माले जातिय अपमान हुने शब्द प्रयोग गरेर आफुलाई गाली गरेका कारण आरतीले एक झापड लगाएको स्वीकार गरेका छन् । उनले लेखेका छन्, “हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गा’ली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गा’ली गर्नुभयो, रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दु’र्व्य’वहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दु’र्व्य’वहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।”

प्रकाशित : 4 February, 2021

प्रतिक्रिया दिनुहोस्