इन्फ्रास्टक्चर बैंकको नाफा घट्यो
काठमाडौं । माघ २२, हात खाली नगराउने आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साढे १२ प्रतिशतले नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेर ३५ करोड २२ लाख ५५ हजार रुपैयाँमा सीमित भएको बताईको छ । अघिल्लो वर्ष बैंकले ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा पनि १२.३१ प्रतिशतले घटेर ५० करोड ३५ लाख ७६ हजार रुपैयाँमा आएको हो ।
अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा थियो । पुस मसान्तसम्म १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले भर्खरै आइपीओ जारी गरेको हो । आइपीओ जारी पछि पुँजी २० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ५७ करोड ४३ लाख २० हजार रुपैयाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले नाफा खुम्चिएको हो । खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।